धनकुटामा सुमो दुर्घटना,आठ जना घाइते (नामावली सहित)
धनकुटा । धनकुटामा आज सुमो दूर्घटना हुँदा ८ जना घाईते भएका छन् । मुढेबाट ईटहरी तर्फ जाँदैगरेको को १ ज २६३८ नं सुमो धनकुटा नगरपालिका ६ क्याम्पस गेट अगाडी दूर्घटना भएको हो ।
दूर्घटनामा परि झापाको विर्तामोड नगरपालिका ७ कि वर्ष २७ कि खड्गमाया कार्की,उनका छोरा वर्ष ५ का युवराज कार्की,९ वर्षकी छोरी दीक्षा कार्की, संखुवासभा धर्मदेवी नगरपालिका १ कि वर्ष २३ कि सुनिता खड्का,सोहि स्थानकी वर्ष १८ कि सुशिला खड्का,सुनसरीको ईटहरी उपाहानगरपालिका ४ का वर्ष २१ का गगन चापागाई,उनका भतिज वर्ष ९ का ईश्वर चापागाई र संखुवासभा धर्मदेवी नगरपालिका २ का वर्ष २२ कि सरिता खड्का घाईते भएका छन् ।
उनिहरु मध्ये सरिता,ईश्वर र गगनको जिल्लन अस्पताल धनकुटामा उपचार भईरहेको र अन्यलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठनईएको जिल्ला प्रहरी कार्लय धनकुटाले जनाएको छ ।
सुमो चालक धर्मदेवी नगरपालिकन ५ का वर्ष २६ का निमा शेर्पालाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको र दूर्घटनाको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


