पाख्रीवासकी एक महिला आफ्ना दुई छोरी सहित विगत ८ दिनदेखि सम्पर्क विहिन
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ५ की एक महिला आफ्ना दुई छोरी सहित विगत ८ दिनदेखी परिवारबाट सम्पर्क वीहिन भएकी छिन् ।
त्यहाँका भुवन सिंह तामाङकी श्रीमती रातो वर्णकी, ५ फिट उचाई भएकी पिङक कलरको कुर्था सुरुवाल लगाएकी बर्ष २५ की सपना तामाङ नाम गरेकी महिला गत वैशाख ५ गते देखी जेठी छोरी बर्ष ५ की सुनिमा तामाङ, कान्छी छोरी बर्ष ३ की सोनिया तामाङलाई साथमा लिएर कसैलाई नसोधि हिडेकोमा अहिलेसम्म नफर्केको परिवारले जनाएको छ ।
आफन्त छरछिमेककोमा खोज्दा पनि उनि फेला नपरेपछि खोजतलासका लागि आफन्तले प्रहरी समक्ष निवेदन दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


