फेला परिन् धनकुटाकी टिना
धनकुटा । गत बैशाख १० गते वेपत्ता भएकी धनकुटा नगरपालिका ७ की वालिका टिना लिम्बु फेला परेकी छन् ।
उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले फेला पारि आज परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
वालिकाको आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि खोजअनुसन्धान गर्ने क्रममा हिले साथिकोमा गएको भन्ने खुलेको र उनलाई सकुशल भेटेर आज उनका आमा दिलकुमारी लिम्बुको साथमा जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


