धनकुटा चौविसेका एक व्यक्ति मृत फेला

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं ८ चाईनेटारका एक व्यक्ति मृत फेला परेका छन् ।

बैशाख १५ गते खानेपानीको महसुल तिर्न जान्छु भनि घरबाट मौनाबुधुक तर्फ हिडेका वर्ष ४७ का अर्जुन चेम्जोङ सोही गाउँपालिकाको वडा नं ७ माथिल्लो गिद्दे स्थितको सार्वजनिक पाटीमा मृतवस्थामा फेला परेका हुन् ।

चेम्जोङ घर नफर्केपछि खोजतलास गर्ने क्रममा आईतवार बेलुकी पार्टीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको खबर जानकारीमा आएपछि अस्थायी प्रहरी विट मौनाबुधुक र ईलाका प्रहरी कार्यलयबाट प्रहरी निरिक्षक उमेश राईको नेतृत्वमा खटिएको टोलि घट्ना स्थल पुगेर कानुनी प्रक्रिया पूरा गरि शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

घट्नाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।