धनकुटामा यसरी भयो ट्रकमा आगलागी
धनकुटा । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि फलामको प्लेट बोकेर आउदै गरेको ट्रकमा आगलागी भएको छ ।
भारतको जोगवनीबाट सँखुवासभा तर्फ आउदै गरेको ना ७ ख ७९२४ नं को (टेलर ट्रक) ब्रेकफेल भएर धनकुटाको सागुरीगढी गाउँपालिका ६ चार खोलेमा आज विहान सडक छेउको भित्तामा ठोक्कीएर टायर पड्किदा ट्रकमा आगलागी भएको हो ।
आगलागीका कारण ट्रकको अगाडीको ईञ्जिनको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्रकका चालक बारा जिल्ला प्रमाणपुर गाउँपालिका ३ का वर्ष २३ का सिवु यादव र सहचालक सोही जिल्ला देउताल गाउपालिका ६ का वर्ष २२ का रामाशंकर शर्राफको २ वटा मोवाईल र ट्रकको कागजात समेत जलेर नष्ट भएका छन् ।


