९ बुंदे धनकुटा घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा सम्पन्न

धनकुटा । धनकुटाका अग्रज पत्रकारहरुलाई सम्मान र उत्कृष्ट कार्य गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्दै आज नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १२ औ साधारण सभा सम्पन्न भयो ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाग र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले नेपाल पत्रकार महासंघ धनकुटाको १२ औ साधारण सभाको उद्घाटन गर्दै पत्रकारहरु समाजको ऐना भएको वताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु अमर खड्का,सरिता वराईली,संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राई, ,प्रदेश सदस्य ध्र्र्रुव भट्राई,सामुदायिक बन उपभोक्ता महासंघ धनकुटका अध्यक्ष निल वहादुर थापा,विश्रान्ती मन्दिरका महासचिव जर्नादन घिमिरे,समाजसेवी दोर्ण गुरागाई,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष बिनोद घिमिरे लगायतले लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुने वताउनु भयो ।

कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ धनकुटका सचिव हरी वहादुर लम्जेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विदुर खवासले गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभामा नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,गोपाल प्रसाद अधिकारी,विजय सन्तोषी राई,मेहन वान्तवा, खगेन्द्र घिमिरे,राजेश्वर वहादुर श्रेष्ठ,सल्लाहकाहरु सिद्धराज राई, रमेश चन्द्र अधिकारी,भेषराज कटेल,सन्तवीर लामा,स्मिता निरौला, सन्तोष रुचाललाई धनकुटाको पत्रकारीताको विकासमा महत्वपूर्ण योगदान दिनु भएकोमा सम्मान गरिएको थियो ।

यसैगरी धनकुटामा रहेर पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पत्रकारहरु कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटका सम्पादन अधिकृत सुखकला राई र गोरखा पत्रका सम्वाददाता कविराज घिमिरेलाई यस बर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने पत्रकार महासंघ धनकुटालाई सहयोग गर्नु हुने वरिष्ठ समाजसेवीहरु दोर्ण गुरागाई,रामान्द प्रसाद रामा,पृतुराम राई,भोगेन्द्र राई लगायत विभिन्न संघ सथ्स्था तथा कार्यालयहरुलाई सम्मान गरिएको थियो ।

सम्म्मान तथा पुरस्कार धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाग , धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,पत्रकार महासंघका केन्द्रिय सदस्यहरु अमर खड्का,सरिता वराईली ,अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष विजय सन्तोषी राईले प्रदान गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभाले ९ बुदे धनकुटा घोषणा पत्र जारी गर्नुका साथै सचिव हरी वहादुर लम्जेलले प्रस्तुत गर्नु भएको सांगठानिक र भावी कार्यक्रम सहितको प्रतिवेदन र कोषाध्यक्ष रविन कटेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।