धनकुटा महालक्ष्मीका एक व्यक्ति बेपत्ता,खोजी कार्यमा सहयोगको अपिल
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ मछेपुका एक व्यक्ति वेपत्ता भएका छन् ।
मछेपुका वर्ष ३४ का बेग बहादुर अधिकारी गत बैशाख १२ गतेबाट वेपत्ता भएका हुन् । गहुगाेराे वर्णका ५ फिट उचाई भएका,सेताे जुत्ता, हरियाे ज्याकेट र जिन्स पेन्ट लगाएका अधिकारी खाेजि गर्दा समेत फेला नपरेपछि उनका श्रीमतीले खाेजतलासका लागि प्रहरी चाैकी मारेकटहरेमा निवेदन दिएकी छिन् ।
त्यसपछि जिल्ला प्रहरी कार्यलय धनकुटा र मातहतका प्रहरी कार्यलय मार्फत खाेजि कार्य शुरु गरिएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।



