१६ बर्ष पछि सवारी ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ
धनकुटा । १६ बर्ष पछि सवारी ज्यान मुद्धाको फरार प्रतिवादी पक्राउ परेका छन् ।
सवारी ज्यान सम्बन्धी कसुर मुद्धामा २०६४ असोज १६ गते देखि भागी फरार रहेका प्रतिवादी तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं-१ घर भई ,झापा जिल्ला दमक नगरपालिका वडा नं-३ बस्ने बर्ष ४० को निम्दा भन्ने ङिम दापा शेर्पालाई पक्राउ गरिएको हो ।
फरार शेर्पालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलिले बैशाख १९ गते लुकिछिपी बस्दै आएको शेर्पालाई दमक न.पा-३ बाट पक्राउ गरेको हो ।


