डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल

काठमाडौँ । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उनले शो उपाधि चुमेकी हुन् । डा. ढुंगानाले सवटाइटल तर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् ।

डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् ।

अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
प्रतियोगतिामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । जसमा सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।