छथर जोरपाटीमा आगलागी,घर-गोठ जल्दा १० लाख बराबरको क्षति
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकका वडा नं ४ का एक व्यक्तीकाे घरमा आगलागी भएकाे छ ।
आज दिउँसाे करिब २ बजेतिर भञ्ज्याङ सामुदायिक वनबाट सल्केकाे आगाेले त्यहाँका सावित्रा घिमिरेकाे घर र गाेठ जल्दा १० लाख बराबरकाे क्षती भएकाे छ ।
आगलागीमा परि घिमिरेकाे ढुङ्गा,माटाे र जस्ता पाताले बनेकाे दुई तले घर, घरमा रहेकाे अन्नपात,लत्ता कपडा,भाडावर्तन, अन्य जिन्स सामान र बाँसकाे टाटीकाे बेरा तथा खरकाे छानाे भएकाे गाेठ जलेकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
आगाे स्थानिय वासिन्दा र प्रहरीचाैकीबाट खटिएकाे प्रहरी टाेलिले नियन्त्रणमा लिएकाे थियाे ।


