छथर जोरपाटीका आगलागी पीडित परिवारलाई राहत हस्तान्तरण
धनकुटा,२२ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगलागीबाट पीडित वडा न: ४ तेलिया निवासी सावित्रा घिमिरेकाे परिवार लाई राहत हस्तान्तरण गरेकाे छ ।
हिजाे दिउँसो नजिकैकाे सामुदायिक वन बाट आएकाे डढेलाेले घर गाेठ जलेर नष्ट भएकी घिमिरेकाे परिवार लाई गाउँपालिकाकाे तर्फबाट तत्कालीन राहत स्वरूप खाद्यान्न , लत्ताकपडा र भाँडाकुँडा हस्तान्तरण गरिएकाे छथर जाेरपाटि गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयाे ।
तत्कालका लागि राहत सामग्री उपलब्ध गराइएकाे र पिडित परिवार लाई अन्य सहयाेग र नगद रकम समेत चाडै उपलब्ध गराउन पहल गरिने अध्यक्ष सुब्बाकाे भनाइ थियाे । राहत हस्तान्तरणमा जनप्रतिनिधि र स्थानीय बुद्धिजीवी, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे पालिकाले जनाएकाे छ ।
आगलागीबाट करिब १० लाख बराबरको क्षेती भएकाे प्रहरीकाे भनाइ छ ।


