धनकुटाबाट पक्राउ परे चितवनका बैंकिङ कसुरमा फरार प्रतिवादी भट्टराई
धनकुटा । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन भरतपुरको गत फागुन १५ गतेकाे पत्र अनुसार बैंकिङ कसुरमा संलग्न फरार प्रतिवादी कमलनाथ भट्टराईलाई खाेजि गरि धनकुटा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका भट्टराईलाई आज जिल्ला प्रहरी कार्यालय चितवन भरतपुरको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ बाट शुक्रवार भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो ।


