पाख्रीबास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले नपाका जनप्रतिनिधिहरु, नपा तथा नपा अन्तर्गत कार्यरत कर्मचारीहरु, नपा अन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र नपा अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरु, कर्मचारीहरु तथा बालविकास सहजकर्ताहरुले आफ्ना बालबालिकाहरुलाई यस शैक्षिक सत्र २०८१ देखि सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउनुहुन अनुरोध गरेको छ ।

गत बैशाख १८ गतेको पाख्रीबास नगर कार्यपालिकाको बैठकबाट उक्त निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

हेर्नुहोस् सुचना

सामुदायिक विद्यालयमा बालबालिकहरुलाई पठनपाठन गराउने सम्बन्धमा ।

श्री पाख्रीबास नगरपालिकाका जनप्रतिनिधिहरु,
श्री पाख्रीबास नगरपालिका तथा नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरु,
श्री पाख्रीबास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, श्री पाख्रीबास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरु,

प्रस्तुत विषयमा यस पाख्रीबास नगरपालिकाका जनप्रतिनिधिहरु, पाख्रीबास नगरपालिका तथा नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरु, पाख्रीबास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र पाख्रीबास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरु, कर्मचारीहरु तथा बालविकास सहजकर्ताहरुले आफ्ना बालबालिकाहरुलाई यस शैक्षिक सत्र २०८१ देखि सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउनुहुन अनुरोध गर्ने भनि मिति २०८१/०१/१८ गतेको पाख्रीबास नगर कार्यपालिकाको बैठकबाट निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।