तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिता सुरु

एचआर न्युज
२६ वैशाख, २०८१

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा हिजो देखि तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा गतसंस्करणको विजेता मोरङको कुसुमे साईनिङ क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै धरानको अलस्टार क्लव विजयी भएको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेलको निर्णय टाईव्रेकरबाट लिइएको थियो । हिजोको खेल जित्दै अलस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । अव फाइनल प्रवेशको लागि अलस्टारले झापाको चुलाचुली फुटवल क्लव र वुढिमोरङको किराँत यूवा क्लव वीचको विजेतासँग आगामी वैशाख २७ गते प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै आजै हुने भनिएको दोस्रो खेल भारि वर्षाको कारण स्थगित भएको छ । उक्त खेल आज वैशाख २६ गते वुधवार विहान ८ बजे हुने आयोजकले बताएको छ । दोस्रो खेल गतवर्षको उपविजेता समेत रहेको आयोजक खुवाफोक युनाइटेड क्लव र सिसिडिआइसी मौनावुधुक वीच हुने तय भएको थियो ।

प्रतियोगिताको अन्य खेलहरु तालिका अनुसार नै संचालन हुने आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उद्घाटन खेलको म्यान अफदी म्याच विजेता टिमका विपुल मगर घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।

आयोजक सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताको समद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष राईले खुवाफोक खेल मैदानको स्तरउन्नोत्तिका लागि गाउँपालिकाको तर्फबाट प्रदेश तथा केन्द्र सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मेरो गन्तव्य फेसवुक पेजले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

प्रतियोगिताको सहयोगी संस्थाहरुमा साँगुरीगढी गाउँपालिका र ३ नंं वडा कार्यालय रहेको छ । त्यस्तै इन्टरनेट पार्टनर माउण्ट लिंक र मिडिया मार्टनर मेरो गन्तव्य छ । प्रतियोगिताको व्यवस्थापन खुवाफोक युनाईटेड फुटवल क्लवले गरेको छ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।