धनकुटामा कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला र खाना महोत्सव हुने
धनकुटा,२७ बैशाख । धनकुटाकमा जेठ ९ गते देखी १३ गते सम्म कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् खाना महोत्सव हुने भएको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहिबार धनकुटामा पत्रकार संमेलन गर्दै महोत्सवको बारे जानकारी गराएको हो ।
महोत्सवमा कोशी प्रदेशका जिल्लाका उद्यमीले उत्पादन गरेका औद्योगीक र कृषि जन्य बस्तुको प्रदर्शनी रहने साथै स्थानिय स्तरका खानाका परिकार समेत रहने र निर्माणधीन औद्योगिक ग्रामको बारे प्रचार प्रसार समेत गरिने आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
धनकुटामा स्थापना भएको औद्योगीक ग्राममा लगाइने महोत्सवले औद्योगिक ग्राममा उद्योग राख्नका लागि व्यावसायी लाई उत्प्रेरीत गर्ने लक्ष्य राखिएको र बाहिरी जिल्लाका उद्योगी व्यावसायी लाई समेत धनकुटामा स्थापना भएको औद्योगिक ग्रामको बारे जानकारी दिने समेत लक्ष्य राखिएको हुदाँ औद्योगिक ग्रामको प्रवद्धन गर्न समेत महोत्सव आयोजना गर्न लागिएको मुख्य सहयोगी संस्था घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख इश्वर थापाले जानकारी दिनु भयो ।
निर्माण भएइको औद्योगिक ग्राम लाई पूर्ण क्षमतामा संचालन गर्न र यसको प्रचार प्रसारममा समेत सहयोग पुगोस भन्ने लक्ष्यका आधारमा औद्योगिक ग्राम मै महोत्सव गर्न लागिएको औद्योगिक ग्राम संचान समितीका अध्यक्ष तिलक महतले बताउँनु भयो ।
महोत्सव लाई सफल बनाउँन सबै पक्षको साथ र सहयोगका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले आग्रह समेत गर्नु भयो ।


