विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु ,मेयर कोइरालाद्वारा उत्सवको उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ ।
उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको सुनाउनुभयो ।

‘विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।’ महानगरले सांस्कृतिक संग्राहालय स्थापनाको योजनासमेत अघि सारेको उहाँले बताउनुभयो ।
कोइरालाले विराटनगरका नयाँ पहिचान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा विराटनगरलाई आर्थिक र राजनीतिको राजधानी भन्ने गरिए पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गर्नुभयो । ‘अब विराटनगरलाई कला र साहित्यिक राजधानी बनाउने हो कि ? शिक्षा र स्वास्थ्यको राजधानी बनाउने हो कि ? के बनाउने हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘आखिर विराटनगरको अबको पहिचान के हो ? सबै मिलेर विराटनगरको छुट्टै पहिचान स्थापित गरौं भन्ने आग्रह गर्दछु ।’

भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, संस्कृति, कलाको पनि सँगसँगै विकास गरियो भने मात्रै विराटनगरको समग्र विकास हुने उहाँको भनाइ थियो । उहाँले विराटनगरका विषयमा साहित्य सिर्जना गर्नसमेत साहित्यकारहरूलाई आग्रह गर्नुभयो । उद्घाटन सत्रमा वरिष्ठ कवि कुन्ता शर्माले समाज रुपान्तरणमा साहित्यको अहम् भूमिका हुने बताउनुभयो । सम्भाषण प्रस्तुत गर्दै शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुँदै गएको चर्चा गर्नुभयो । उहाँले आफ्नो पालामा महिला कवि साहित्यकार न्यून भए पनि पछिल्लो समय केही मात्रामा बढेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो । सो क्यानभासमा कविता कवि हरिभक्त कटवालको रहर मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइँटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जैनी सुतेकी छे ! नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरवल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्याचिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ बल्न देऊ’ रोमा निरौला र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गर्नुभएको थियो ।

उक्त कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, संजय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतार्नु भएको थियो । त्यसैगरी ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा बहससमेत भएको थियो । सो बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी हुनुभयो । पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गर्नुभएको बहसमा विराटनगरको शाख फर्काउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको ‘नेपाली भाषा बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आ–आफ्ना विचार राख्नुभयो । हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी हुनुभयो । सो बहसमा सुमन लिङ्देनले सहजीकरणको भूमिका निर्वाह गर्नुभयो ।

शुक्रबारको अर्को कार्यक्रमअन्तर्गत ‘भोलि बास्ने कवि’ ः सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो । कवि मनु मञ्जिलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गर्नुभयो । ‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आमुन्नेसामुन्ने हुनुभयो । सो कार्यक्रमको सहजकर्ता कवि केजी सुब्बा हुनुहुन्थ्यो । पहिलो दिनको अन्तिम सेसनमा सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, सगुन सुसारा, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गर्नुभयो ।

दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण ः परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।