प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएका सुमन बराल दर्ज्यानी चिन्हद्वारा सु-शोभित
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्राबिधिक प्रहरी जवान सुमन बराल पदोन्नति भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको चलानी नम्बर ६८६६ मिति २०८१।०१।२८ गतेको पत्रद्वारा प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएको हो ।
प्राविधिक प्रहरी सहायक हवल्दार बराललाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले दर्ज्यानी चिन्हद्वारा सु-शोभित गर्नु भएको हो ।
पदोन्नति हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार बराललाई प्रहरी उपरीक्षक चौधरीले पदोन्नति सँगसँगै जिम्मेवारी समेत थप हुने भएको हुँदा सोही अनुसार संगठनको मुल सिद्धान्त अनुरुप आफ्नो थप जिम्मेवारीलाई निष्ठापूर्वक सम्पादन गर्न निर्देशन समेत दिनु भएको छ ।



