धनकुटाको हिलेबाट नियन्त्रित औषधी सहित दुई जना पक्राउ
धनकुटा । धनकुटाबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ बर्षीय केवल तामाङ र २६ बर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधी सहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


