धनकुटा सहिदभूमिका लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ
धनकुटा । लागु औषध मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ६ का वर्ष २२ का निकेश राई रहेका छन् ।
जिल्ला अदालत धनकुटाबाट २०८० पौष २५ गते लागु औषध (गाँजा) मुद्धामा ४ महिना ८ दिन कैद ठहर भई फरार रहेका उनलाई आँखिसल्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले सहिदभुमी गाउँपालिका ६ बाटै पक्राउ गरेको हो ।
उनलाई आज जिल्ला अदालत धनकुटामा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


