धनकुटाको चौविसे फलामेटारमा अस्थायी प्रहरी पोष्टको उद्घाटन
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा नं ४ फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको आज उद्घाटन गरिएको छ ।
चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले संयुक्त रुपमा एक कार्यक्रमको वीच अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
बढ्दो जनघनत्व तिब्र विकाश तथा समाजमा घट्ने विन्न अपराधको मूयाङ्कन गर्दै अपराध न्यूनिकरण तथा समाजमा शान्ती सूरक्षा प्रत्याभुतिका आभाष दिलाउदै स्वच्छ समाज निमार्णका लागि नेपाल सरकारको योजना योजना अनुसार कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर अन्वेषण योजना तथा विकास शाखा र नेपाल प्रहरी प्रधान कार्यलय कार्य विभाग प्रशासन शाखाको पत्रअनुसार त्यहाँ अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्याम सिंह चौधरीको अध्यक्षतामा सन्चालन भएको प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टंकमाया पाङगी,प्रमुख प्रशासकिय अधिकृत पर्शुराम दाहाल,विभिन्न वडाका वडाध्यक्षहरु सशस्त्र प्रहरीबल नेपाल गुल्म हेडक्वाटर ६ नं धनकुटाका सशस्त्र प्रहरी नायव उपरिक्षक सुदन भारती राष्ट्रिय अनुसन्धान विभाग धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्मछान,जग्गादाता हेमचन्द्र बि क लगायत राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिती थियो ।


