एकल महिलाहरुका लागि धनकुटामा सञ्चालित ढाका बुनाई सम्बन्धि प्रदेश स्तरिय एक महिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सर्मिला राई/धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) कोशी प्रदेशको आयाेजनामा एकल महिलाहरुका लागि धनकुटामा सञ्चालित ढाका बुनाई सम्बन्धि प्रदेश स्तरिय एक महिने प्रशिक्षक प्रशिक्षण (ToT) तालिम समापन गरिएकाे छ ।

संविधानसभा सदस्य अञ्जना ताम्लिकाे प्रमुख आतिथ्य एवं मानव अधिकारका लागि महिला एकल महिला समूहकी प्रदेश अध्यक्ष मिना तुम्बा राईकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमकाे वीच तालिम समापन गरिएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै संविधानसभा सदस्य ताम्लिले तीनै तहकाे सरकारले एकल महिलाहरुका लागि स्थापित अधिकार कार्यनवयन गरि लक्षित वर्ग र समूह आफै सरकारमा भएकाे महसुष गराउन आवश्यक रहेकाेमा जाेड दिनुभयाे । उहाँले एकल महिलाकाे शिर्षकमा छुट्याईएका बजेट कस्ता कस्ता ठाउँमा लक्षित समुहलाई समेटेर कार्यन्वयन भईरहेका छन् कि छैनन् भन्नेबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने समेत बताउनुभयाे । उहाँले सहभागिहरुलाई सिकेकाे सीप उपयाेग गरि आत्मा निर्भर बन्न सुझाब दिनुभयाे ।

त्यस्तैगरि प्रदेशसभा सदस्य शाेभा चेम्जाेङ पालुङवाले अझैपनि समाजमा एकल मशिलाहरु प्रति विभेद धेरै रहेकाे भन्दै यस्ता विभेद न्यूनिकरणका लागि आफुहरुनै एकजुट भएर अघि बढ्न जरुरी रहेकाे उल्लेख गर्नुभयाे ।

उहाँले एकल महिलाहरुकाे अधिकार स्थापना तथा कानुन कार्यन्वयनका लागि आफुले प्रदेशसभामा कुरा राख्ने समेत बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै काेशी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक कृष्ण प्रसाद पाेखरेलले तालिममा सहभागि भएकाहरुलाई सीप परिक्षणमा सहभागी गराउन आयाेजक संस्थालाई सुझाव दिनुभयाे । जसले गर्दा उनिहरुलाई सहजहुने उहाँले बताउनु भयाे साथै नीति नियम बनाउने कुरामा जाेड दिन समेत सुझाव दिनुभयाे ।

कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनाल, समाजसेवि पार्वती राई,सुमना तिम्सिना, लगायतले मन्तव्य राखेका थिए । सहभागिहरुले आफुले उत्पादन गरेकाे सामाग्रीकाे बजारीकरण गर्न समस्या रहेकाे भन्दै यस्ता समस्या समाधान गर्न सहयाेगका लागि अनुराेध गरेका थिए ।

काेशी प्रदेश सामाजिक विकास मन्त्रालयकाे सहयाेगमा एक महिनासम्म सञ्चालित प्रदेश स्तरिय ढाका बुनाई प्रशिक्षक प्रशिक्षण तालिममा साेलुखुम्बुकी पार्वती राई उत्कृठ हुनुभएकाे छ । उहाँलाई सम्मानपत्रले सम्मान गरिएकाे छ । अन्य सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ ।तालिमकाे सहजिकरण प्रशिक्षक पुष्पा लिम्बुले गर्नुभएकाे थियाे ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विशिष्ट अतिथि,मानव अधिकारका लागि महिला एकल महिला समूहका विभिन्न जिल्लाका अध्यक्ष, उपाध्यक्ष,काेषाध्यक्ष, प्रशिक्षकलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन WHR की प्रदेश सचिव शाभा दाहालले गर्नुभएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।