धनकुटाको सहिदभूमिबाट लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
धनकुटा, जेष्ठ ६ गते । धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।


