आम नागरिहरुलाई सुसूचित गर्दै सचेतना बढाउने काममा सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण :प्रदेश पूर्व मन्त्री तथा सांसद निरन राई

धनकुटा । कोशी प्रदेश पूर्वमन्त्री निरन राईले देशको व्यवस्था परिवर्तन तथा आम नागरिहरुलाई सुसूचित गर्दै सचेतना बढाउने काममा सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

समुदायिक रेडियो प्रसारक संघ अकोराब कोशी प्रदेशको आयोजनामा आजबाट धनकुटमा शरु भएको सामुदायिक रेडियोकर्मीहरुको क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

अझ लोकतानित्रक आन्दोलन सन्चार माध्यमकै जगबाट भएको हो कि भन्ने आफुलाई महसुष हुने गरेको भन्दै उहाँले यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय रेडियोहरुको जटिल अवस्था प्रति आफु गम्भिर रहेको समेत बताउनु भएको छ । यो अवस्थालाई सहज बनाउन आफुले पुलको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मिडियाको समस्या समाधानका लागि निष्कर्ष सहित सन्चारसँग सम्बन्धित मन्त्री सँग छलफल र वहस गर्ने उहाँले वताउनु भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराब कोशी प्रदेशका अध्यक्ष विदुर खवासको अध्यक्ष्तामा सन्चालित कार्यक्रममा अकोराबका केन्द्रिय उपाध्यक्ष बन्दना दनुवार,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता बराईली,कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ,उद्योगवाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राई, फोनिज प्रदेश अध्यक्ष सन्वीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।