सामुदायिक रेडियोहरुको संस्थागत विकासका लागि आफु सधै लागि पर्ने : प्रदेश पूर्व अर्थराज्य मन्त्री तथा सांसद थापा

धनकुटा । कोशी प्रदेशका पूर्व अर्थराज्य मन्त्री ईन्दिरा थापाले सामुदायिक रेडियोहरुको संस्थागत विकासका लागि आफु सधै लागि पर्ने बताउनु भएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ कोशी प्रदेशको आयोजनामा आजबाट धनकुटामा शूरु भएको सामुदायिक रेडियोकर्मीहरुको क्षमता विकास कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । आफु मन्त्री रहदादेखी नै यो विषयमा लागि रहेको भन्दै माननियको रुपमा रहदा पनि यो प्रयास यथावत रहने उहाँको भनाई छ । उहाँले हिंसामा परेका तथा ओझेलमा परेका प्रतिभावान व्यक्तीहरुको आवजहरुलाई उजागर गर्दै न्यायको पहुचसम्म पुर्याउन सन्चारकर्मीहरुले पुलको काम गर्ने उल्लेख गर्नुभयो ।

सन्चारमाध्यममा आउने र ल्याईने विषय वस्तुहरु महत्वपूर्ण हुनुपर्ने वताउनु भयो । साथै उहाँले महिला पत्रकारहरुका क्षामता विकास र आर्थिक सहयोगका लागि आफु तयार रहेको बताउनुभयो ।

त्यसका लागि प्याकेजमा कार्यक्रम बनाएर लान उहाँले आग्रह समेत गर्नु भयो । उहाँले पत्रकार महासंघको भवन निर्माणका लागि यसै वर्ष देखी सहयोग गर्ने पनि प्रतिवद्धता जनउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖