धनकुटामा जेठ ९ देखि औद्योगिक प्रदर्शनी हुंदै
धनकुटा । यहि जेठ ९ गतेदेखी धनकुटामा प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला,फुड फेस्टिवल तथा सांस्कृतित उत्सव २०८१ संचालन हुने भएको छ ।
जसका लागि शनिवार नेपाल घरेलु तथा सना उद्योग महासंघ धनकुटाले धनकुटा नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र क्रियाशिल विभिन्न जातीय संस्थाहरुका अध्यक्षहरुसँग अन्र्तक्रिया तथा छलफल गरेको छ ।
छलफलमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष बिष्णुमाया कन्दङ्वा,महासचिव अम्विका धमला लगायतले औद्योागिक प्रदर्शनी सफल बनाउन अनुरोध गरेका थिए भने छलफलमा सहभागि विद्यालयका प्रधानाध्यापक तथा अन्य संघ संस्थाका प्रमुख एवं प्रतिनिधिवे धनकुटाको विकास र समृद्धीका लागि आफुहरुको सहयोग रहने बताएका छन् ।
छलफलले जेष्ठ ९ गते हुने औद्योगिक प्रर्दशनीको उद्घाटन कार्यक्रम,१२ गते जातिय लोक नृत्य प्रतियेगिता र जेष्ठ १३ गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा सवै विद्यालयहरु सहभागी हुने निर्णय समेत गरेको छ ।
यसैगरी जातिय संघ सस्थाहरुको नेवा पुच,नेपाल तामाग घेदुङ, आठपहरीय समाज,किरात राई यायोक्खा धनकुटा,किरात याक्थुम चुम्लुङ,नेपाल मगर संघ नगर कमिटीका अध्यक्ष तथा प्रतिनीधिहरुले औद्योगिक प्रर्दशनी तथा सांस्कृतिक उत्सवलाई सहयोग गर्ने वताए ।


