धनकुटाको हिलेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध ,मादक पदार्थ र दुर्व्यसनबारे सचेतना
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागू औषध /मादक पदार्थ र दुर्व्यसनबारे सचेत गराईएको छ ।
धनकुटा हेल्पिङ हेण्डस् संस्थाले धनकुटा नगरपालिकाको सहयाेगमा आज हिले मा.वि मा सचेतना कार्यक्रमकाे आयाेजना गरि विद्यार्थीहरुलाई लागु अाैषध तथा दुर्व्यसनकाे बारेमा सचेत गराएकाे हाे ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी राजबाबु महर्जनकाे प्रमुख आतिथ्य तथा हेल्पिङ हेण्डस् संस्था धनकुटाका अध्यक्ष विच्छ राईकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा विषय विज्ञ,काउनशिलर,सराेकारवाला संस्थाका व्यक्तीहरुले लागू आैषध भनेकाे के हाे ? यसकाे सेवनले कस्ताे असर गर्छ ? लागू आैषध किन सेवन गर्न हुँदैन ? लागू आैषध सेवन तथा आेसारपसार बारे कस्ताे कानुनी व्यवस्था छ ? भन्ने बारे जानकारी गराएका थिए ।
कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वाङ्दा तामाङ,हिले बजार व्यवस्थापन समितीका अध्यक्ष लालचन गाेङ्बा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे उद्देश्य संस्थाका अध्यक्ष राईले प्रकाश पार्नु भएकाे थियाे । सञ्चालन सहसचिव विधान लिम्बुले गर्नुभएकाे थियाे ।


