प्रेस यूनियन धनकुटाले यसरी मनायो स्थापना दिवस

धनकुटा,१३ जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज धनकुटामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका बिषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

नेपाल प्रेस यूनियन धनकुटा शाखाको आयोजनामा गरिएको गोष्ठीमा सहभागिहरुले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा संग संगै पत्रकारको व्यावसायीक सुरक्षाको बिषयलाई समेत गम्भीर रुपले उठाउनु पर्ने धारण राखेका थिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको नाममा पछिल्लो समय बिकृती समेत बढेको भन्दै त्यसले समग्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई दुरुपयोग गरेको बताए ।

कार्यक्रममा प्रेस चौतारी धनकुटाका सदस्य सन्तोष सुवेदी, प्रेस सेन्टर धनकुटाका इन्चार्ज इश्वर थापा, ओखलढुगाका पत्रकार नवराज कार्कि, नेपाल प्रेस यूनियन धनकुटा शाखाकी पूर्व उपाध्यक्ष सुमना तिम्सिना, प्रेस चौतारी धनकुटाका सल्लाकार रमेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाकार भेषराज कट्टेल नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाल प्रेस यूनियन कोशी प्रदेश कमिटीका कोषध्यक्ष कविराज घिमिरे, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोग, नेपाल प्रेस यूनियन धनकुटाका पूर्व अध्यक्ष मोहन वान्तवा, नेपाल प्रेस यूनियन धनकुटाका संस्थापक संजयसन्तोषी राई, नेपाल प्रेस यूनियका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र बर्तमान अवस्थाको पत्रकारीताका बिषयमा आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रेस यूनियनकी उपाध्यक्ष आकृती राई, पूर्व सचिव विकास घिमिरे लगायत अन्य पत्रकार र सरोकारवालको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस यूनियन धनकुटा शाखाका उपाध्यक्ष हरिबहादुर लम्जेलले राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्ष विनोद घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल प्रेस यूनियन धनकुटा शाखाकी सचिव शर्मिला राईले गर्नु भएको गियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।