सांस्कृतिक उत्सवले सबैलाई एकताको डोरीमा गांस्ने :खानेपानी मन्त्री राई
धनकुटा । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले सांस्कृतिक उत्सवले सबैलाई एकताको डोरीमा गांस्ने वताउनु भएको छ । धनकुटाको औद्योगिक ग्राममा संचालित प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि मेला, फुड फेस्टिवल एवं सास्कृतिक उत्सव अन्र्तगत हिजो भएको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले औद्योगिक प्रर्दशनीले धनकुटाको विकास नमूनाको रुपमा अगाडी बढाउन सहयोग पुग्ने बताउनु भयो साथै मन्त्री राईले धनकुटामा स्वच्छ र सफा खाने पानी उपलब्ध गराउन विशेष योजना संचालन गर्ने समेत बताउनु भएको छ । कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सरकारले नीजि क्षेत्रसँग हातेमालो गरेर अगाडी बढे मात्र सफल हुने वताउदै उद्योग, व्यापारका लागि सरकारले उचित वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सास्कृतिक उत्सव अन्र्तगत खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता उद्घाटन कार्यक्रममा धनकुटा औद्यागिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महत,नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका वरिष्ठ उपाध्यक्ष विष्णुमाया कन्दङ्वा,महासचिव अम्विका धमलाले लोक नृत्य प्रतियोगिताले कला संस्कुतिको संरक्षण गर्ने वताए ।
धनकुटा जिल्लाका १० वटा विद्यालयहरुले भाग लिएको प्रतियोगितमा श्री निजामती आवासिय विद्यालय धनकुटा प्रथम, तमोर भ्याली बोर्र्डिङ स्कुल धनकुटा दोस्रो ,श्री बाल संंसार बोडिङ स्कुल तेस्रो,दिप इंगलिस बोर्डिङ स्कुल धनकुटा र मनकामना बोर्र्डिङ स्कुल हिले शान्त्वना भएका छन् ।
विजयी विद्यालय तथा सहभागी विद्यालयहरुलाई सास्कृतिक उत्सव तथा फुड फेस्टिवलको समापन कार्यक्रम जेष्ठ १७ गते सवै प्रतियोगिताहरुको पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका महासचिव धमलाले वताउनु भयो । सो अवसरमा खानेपानी मन्त्री राईलाई धनकुटाका उद्यमीहरुको तर्फबाट सम्मान समेत गरिएको थियो ।


