सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी

काठमाडौँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् ।

सोमबार दुवैले एक भिडियो सन्देस जारी गर्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका हुन् । 

सिरोहिया पक्राउ बारे मह जोडीको अभिव्यक्तिपछि उनीहरुको सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो । 

भिडियोमा उनीहरुले भनेका छन्- ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो ।  हामी पनि के बोल्ने भनेर अकमकियौँ । अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनु होला ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।