धनकुटाको सहिदभूमिमा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकामा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु भएको छ ।
सहिदभूमि गाउँपालिकाको आयोजनामा सञ्चालित तालिम तथा कार्यशालामा गाउँ पालिका भित्रका एक निजि विद्यालय गरि ४० वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकहरूको सहभागिता रहेको सहिदभूमि शिक्षा युवा तथा खेलकुद शाखा प्राबिधिक सहायक बद्री कार्कीले जानकारी दिनु भयो ।
तालिममा सहभागीलाई डाइनामिक सपोर्ट ट्रेनिङ सेन्टरका प्रशिक्षकहरुले शिक्षण सिकाइका लागि कक्षा सामाग्री कसरी निर्माण गर्ने,कक्षा सामाग्री प्रयोग ,कक्षा सामाग्रीको आवश्यकता महत्त्व लगायत विषयमा प्रशिक्षण दिईरहेको छ ।
तालिम जेठ २१ गते सम्म सञ्चालन हुनेछ ।




