धनकुटा चौबिसेकी एक महिला बेपत्ता
धनकुटा । धनकुटाकाे चाैविसे गाउँपालिका ५ बाेधेकी एक महिला बेपत्ता भएकी छिन् । बाेधेकी वर्ष २९ कि कुमारी तामाङ गत जेष्ठ १९ गतेबाट हराएकी हुन् ।
साेही गाउँपालिकाकाे वडा नं ८ अठारसय स्थित माईत जान्छु भनी घरबाट निस्केकी उनी अहिले सम्म माईत नपुगेकाे र घर पनि नफर्केकाे परिवारले जनाएकाे छ ।
गहुँगाेराे वर्ण कि, अन्दाजी ५ फिट उचाई भएकी, कालाे लामाे कपाल भएकी,कालाे ज्याकेट कालाे सुरुवाल लगाएकी उनी माईत नपुगेकाे र घर पनि नर्केपछि परिवारले आफन्त, नातन गाेताकाेमा समेत खाेजी गर्दा फेला नपरेकाे बताईएकाे छ । उनी नभेटिएपछि खाेजिका लागि उनका श्रीमानले अस्थायी प्रहरी पाेष्ट माैनाबुधुकमा निवेदन दिएका छन् ।
बेपत्ता भएकी तामाङकाे खाेजीकन लागि प्रहरीमा निवेदन परेसँगै खाेजि कार्य थालिएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।



