धनकुटाको मुलघाटमा यसरी गरियो विपद् जोखिम पूर्व तयारी संयुक्त अभ्यास(भिडियो सहित)
धनकुटा,२५ जेठ । मनसुनजन्य विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा धनकुटाको मुलघाटमा संयूक्त अभ्यासमूलक अनुशिक्षण गरिएको छ ।
विपद्को समयमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी रेडक्रस लगायतका संघ संस्थाका प्रतिनिधी पूर्व तयारी अनुशिक्षणमा सहभागि भएका थिए ।
नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको विपद् हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्यटोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्यटोलीलाई अभ्यास शिक्षण गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेले बताए ।
हेर्नुहोस् भिडियोमा :


