खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाद्वारा पाख्रीवास नगरपालिकामा सरोकारवाला सँग अन्तरक्रिया

धनकुटा । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । याे दिवसकाे अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाले जिल्लाकाे पाख्रीवास नगरपालिकामा सराेकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकाे छ ।

“खाद्य स्वच्छतामा लगानी बढाअाैं,अप्रत्याशित अवस्थाकाे पूर्व तयारी गराैं´´ भन्ने नाराका साथ याे दिवस मनाईएकाे हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख आनन्द डङ्गाेलकाे अध्यक्षता तथा पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद सुवेदीकाे प्रमुख अातिथ्यमा भएकाे अन्तरक्रिया कार्यक्रममा स्ट्रिट फुड व्यवसायी, हाेटल व्यवसायी,खुद्रा तथा किराना पसल व्यवसायीहरुले खाने कुरा बनाउदा ध्यान दिन पर्ने कुरा,खाद्य पदार्थ लेबलिङ,प्याकेजिङ, खुद्रा स्टाेरमा हुने सम्भबित जाेखिम,किराना पसल,मार्ट र हाेटलहरुकाे अवस्था,उपभाेक्ताहरुले खाद्य पदार्थ खरिद गर्दा ध्यान दिनु पर्ने कुरा सहित खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि नयाँ ऐनकाे बारेमा जानकारी गराईएकाे छ ।

कार्यक्रममा दिइएकाे जानकारी अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐनमा खाद्य पदार्थको उत्पादन,प्रशोधन,प्याकेजिङ र सञ्चय गर्ने उद्योग स्थापना गर्नु अघि विभाग वा विभागले तोकेको कार्यलयबाट सिफारिस लिन पर्ने,प्रदेश सरकारको उद्योग दर्ता गर्ने निकायमा दर्ता गरि खाद्य पदार्थको उत्पादन, प्रशाेधन,प्याकेजिङ र सञ्चय गर्न चाहने व्यक्तीले प्रदेश सरकारले तोकेको खाद्यय स्वच्छता सम्बन्धि काम गर्ने कार्यलय वा निकायबाट सिफारिस लिन पर्ने, जसका लागि उद्योग दर्ता गर्ने निकायले सिफारिस माग गरेको पत्र उद्योेगको पुँजी,किसिम र क्षामता जस्ता समाग्री पेश गर्न पर्ने लगायतका कुरा व्यवस्था गरिएकाे छ ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग कार्यलय धनकुटा, उपभाेक्ता हित संरक्षण मञ्च लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधिले मन्तव्य राखेका थिए । कार्यक्रममा हाेटल व्यवसायी,खुद्रा तथा किराना पसल व्यवसायी,दूध डेरी सञ्चालक,उत्पादक तथा उपभाेक्ताहरुकाे सहभागिता थियाे ।

सहभागिहरुले विद्यालय एवं अस्पताल क्षेत्रमा अनुगमन तथा यस्ता कार्यक्रम सञ्चानल गर्न सके थप प्रभावकारी हुने बताएका थिए । उनिहरुले मानिसले मात्र नभई गाई,भैंसी जस्ता वस्तुलाई दिईने खानेकुरामा समेत लेबलिङ,प्याकेजिङकाे कुरामा ध्यान दिन अावश्यक रहेकाे बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।