सहिदभूमि गाउंपालिका धनकुटाद्वारा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो गाँउसभाको पाँचौ अधिवेशनबाट नीति तथा कार्यक्रम प्रस्तुत,व्यवसायिक गाँजा खेतीलाई मुख्य प्राथमिकता

धनकुटा । सहिदभूमि गाउपालिका धनकुटाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो गाँउसभाको पाँचौ अधिवेशनबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाँउपालिकाले आर्थिक विकास, पुर्वाधार निमार्ण, कृषि,पर्यटन ,शिक्षा स्वास्थ्य ,सडक,खानेपानीलाई मुख्य प्राथमिक्तामा राख्दै शुक्रबार गाँउपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम दोस्रो गाँउसभाको पाँचौ अधिवेशन मार्फत प्रस्तुत गर्नु भएको हो । गाँउपालिकाले आर्थिक विकास तर्फ औषधि प्रयोजनका लागि व्यवसायिक गाँजा खेतीलाई मुख्य प्राथमिकतामा राखेको छ ।

पालिकामा कृषि पशुपालन व्यवसायिक रुपमा विकास गर्ने,स्थानिय खोकु जातको सुन्तला खेतीलाई विस्तार गर्ने,कृषिको व्यवसायिकरण, आधुनिकीकरण, उत्पादनमा आधारित अनुदान व्यवस्था गरिने लगायतको निति गाँउपालिकाले लिएको छ ।

पर्यटन तर्फ पर्यटकिय पुर्वाधार विकासका लागि गुरुयोजना निमार्ण,सहिदभूमि गाँउपालिकको पहिचान दिने छिन्ताङ्ग मन्दिरलाई व्यवस्थित गरिने,पाताल डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सडक तथा भ्यूटावर निमार्ण गर्ने,वडा नं १ त्रिवेणी पर्यटकीय क्षेत्रका वस्तिहरुमा होमस्टे सञ्चालनका लागि साझेदारीमा विउपुजी प्रदान गरिने ,धार्मिक पर्यछकीय स्थलहरुको सरसफाई र फोहोर मैला व्यवस्थापन गरीने निति कार्यक्रमहरु समाबेश गरीएको छ । आधारभूत शिक्षाको हक सुनिच्चित,कक्षा १ मा भर्ना भएका सबै विद्यार्थिहरु १० वर्षमा कक्षा १० मा पुग्ने गरि विचैमा विद्यालय छाड्ने दर घटाउने , सहिदभूमि गाँउपालिकाको स्थानिय पाठयक्रम “सहिदभूमिको गाथा” कार्यन्वयमा ल्याइनेछ ।

एक विद्यालयमा कक्षा ९ बाट प्राबिधिक तथा व्यवसायिक धारको कक्षा सञ्चालन गर्न पहल गर्ने ,भौतिक पूर्वाधार निमाण ,आधारभूत कक्षा १–८ र मावि तहका विद्यार्थिहरुमा उमेर समुहगत खेलकुद कार्यक्रम संचालन गरी प्रतिभा छनौट ,गाँउपालिका बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेमा सहभातिी भएका खेलाडीहरुको अभिलेख राखी पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिने ,व्यवस्थित प्रत्यक वडामा खेलमैदानको व्यवस्थापन गरिने ,सहिदभूमि गााउपालिकाको गौरवको आयोजनाहरु हिले छिन्ताङ्ग त्रिवेणी सडक,पंचकन्यन सेतीचौक सफाइटार सडक,थलथले चाम्चा सप्तिङ्गटार सडक,मुलघाट त्रिवेणी  सडक,पिप्ले जिसु राइघाट सडक लगायत सडकहरु कालोपत्रे गर्ने निति कार्यक्रमा उल्लेख गरिएको छ ।

जीवनका लागि स्वछ पानी भन्ने मूलनाराका साथ खानेपानी आयोजना सञ्चालन,स्वास्थ्य बीमा कार्यक्रममा अनुदानको व्यवस्था गर्ने,विपन्न नागरिक औषधि उपचार कोष कार्यक्रमबाट उपचार हुने गरी अस्पतालमा सिफारिस व्यवस्था मिलाइने,आर्थिक रुपमा विपन्न तथा गरिब दिद्र्य रोगि पिडित अपाङ्गताहरुलाई एकपटकमा अस्पताल यातयात खर्च ५ हजार उपलब्ध गराउने आदि निति कार्यक्रम उल्लेख छ ।

नीति कार्यक्रम प्रस्तुति पछि गाँउ सभा सदस्यहरुबाट धारणा राखिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।