धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ द्वारा उत्तरपानी घिसिङ टोललाई पानी तान्ने मोटर वितरण
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ ले उत्तरपानी घिसिङ टोललाई पानी तान्ने मोटर वितरण गरेको छ ।
वडाले आईतवार उत्तरपानी घिसिङ टोलका खानेपानी उपभोक्ता समितिलाई भेटि उक्त पानी तान्ने मटर वितरण गरेको हो । वडाको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मार्फत ७५ हजार बराबरको मोटर खरिद गरेर प्रदान गरिएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनु भयो ।
उक्त टोलका १३ घरपरिवारलाई खानेपानी मोटरबाट तानेर वितरण गर्नका लागि सहज हुमे वडाले जनाएको छ । वितरणका क्रममा वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले वडा सचिव अनिल तिम्सिना र घिसिङ टोलका खानेपानी उपभोग गर्ने उपभोक्ता सदस्यको उपस्थिति रहेको थियो ।



