सहिदभूमि गाउँपालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना धनकुटा बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटा र संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना धनकुटा बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहिदभूमि गाउँपालिका कार्यलय धनकुटाको सभाहलमा गाउँपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की , संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनकुटाका प्रमुख भोला प्रसाद थापा , ईन्जिनियरहरु र वडाअध्यक्ष,जनप्रतिनिधि बिच सहिद भूमि गाउँ पालिका धनकुटामा २०८१/०८२ मा कार्यान्वयनमा आउनुपर्ने संघबाट सञ्चालित आयाेजनाका विषयमा छलफल भएको थियो ।
सोही क्रममा बजेट विनियोजनका क्रममा संघ ,प्रदेश र पालिकाको आयोजना डुब्लिकेसन दोहोरिन नदिने बारे छलफल भएको थियो । कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनकुटाका प्रमुख थापाले संघीय आयोजनामा समेटिएको कार्यन्वयनमा आउनुपर्ने याेजनाका विषयमा जानकारी गराउनु हुदै साप्तिङ्गटार,नियापाेखरी,बरबाेटे,
सुकेआहाल , लिफ्ट ,चेप्ला खाेला ,पाखा,चाम्चा,डाडाकटेरी ,खानीखाेला बेलटार सहिदभूमि ६ र७ ,
यस्तै अधेरी खाेला,रातामाटे,सिमले धाप,जन्तरपानी गुर्धुम, माथिल्लो ,हंगुवा, तल्लो हंगुवा, पुङथुङ पाेखरे, त्रिवेणी ,सफाइटार ,खापायाे ,सहिदभूमि १ , यसैगरि तिनतले लुङढाङ, वाती ,दुरुमटार,त्रिभुङ खाेला,छपाैली ,टाकुरे,कागुने,ललाहाङ्ग,ललाहनी,सेलेले,बुर्खा ,खानेपानी ,सहिदभूमि २-३ र चुङराेङ्गखाेला पञ्चकष्ण लिफ्ट / लघाेङ्ग,चुच्चे ढुंगा खापायाे खानेपानी आयोजना संघबाट सञ्चालनहुने आयोजना भित्र पर्ने भएकाले प्रदेश र पालिकाबाट छनाैट खानेपानी याेजना दाेहाेरिन नदिन सुझाव दिनुभयो ।
उक्त अवसरमा सहिदभूमि गाउँपालिका वडानम्वर १ का वडाअध्यक्ष रमेशकुमार राई र वडा नं ६ का वडाअध्यक्ष हेम कुमार राईले आयोजना बारे आफ्नो जिज्ञासा राखेका थिए । सो कार्यक्रममा उपभोक्ता समिति प्रमुखहरुको पनि उपस्थिति थियो ।




