विराटनगर महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ ।

कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उहाँले उच्च रक्तचापको परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरेर स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलिप यादवले जानकारी दिनुभयो । महानगरमा कार्यरत ३ सय सफाई मजदुरको स्वास्थ्य परीक्षणका साथै अभिमुखीकरण गरिने उहाँले बताउनुभयो ।

यादवका अनुसार दैनिक सरसफाईमा खटिने मजदुरहरुको स्वास्थ्यमा कुनै समस्या रहे नरहेको भन्ने यकिन गर्नसमेत स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा मुख्य गरी छाला, श्वासप्रश्वास, आँखा जाँचलाई प्राथमिकतामा राखिएको छ ।

एचआईभी, हेपटाईटिस वि, हेपटाईटिस सि, टिवरक्लोसिस, सुगरलगायतको विशेष जाँच भइरहेको नेपाल डेब्लोप्मेन्ट सोसाईटी सोलिड हेल्थकी प्रोजेक्ट डाईरेक्टर गीता साहले जानकारी दिनुभयो । शिविरबाट बढीभन्दा बढी लाभ लिन साहले आग्रहसमेत गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।