धनकुटा सहिदभूमिका राई नियन्त्रित औषधी सहित परे पक्राउ
धनकुटा । धनकुटामा १ जना नियन्त्रित औषधि सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिकाका ३० बर्षीय सुकदेव राई रहेका छन् ।
राईलाई सहिदभुमि गाँउपालिका- ४ स्थितमा प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ५०० ग्राम, ट्रामाडोल, ANTIKOS, DECOLIC, SPASPAIN र SPASMO गरि जम्मा ३७० ट्याबलेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसम्धान भईरहेको छ ।


