धनकुटामा आत्महत्या गर्ने शिक्षकका आफन्तले खोले वास्तविकता,मानसिक तनाव दिएका कारण आत्महत्या( भिडियो सहित)
धनकुटा,२९ जेठ । गत जेठ २२ गते आत्महत्या गरेका धनकुटाको महालक्ष्मी नगरपालिका ८ का डिल्लीराम खड्काका आफन्तले खड्काले लेखेको सुसाइड नोटमा नाम उल्लेख भएका व्यक्तिलाई कारबाही हुनु पर्ने माग गरेका छन् ।
धनकुटामा आज पत्रकार संमेलन गर्दै मृतकका ज्वाई धन बहादुर थापा लगायत आफन्त र छिमेकीले खड्काले लेखेको सुसाइड नोटमा नाम उल्लेख भएका व्यक्ति नयन्द्र बहादुर थापा लाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
घटना भएको ८ दिन भई सक्दा समेत खड्कालाई आत्महत्या गर्न बाध्य पार्ने थापा पक्राउ नपरेको भन्दै न्यायका लागि साथ दिन परिवार तथा छिमेकीले आग्रह गरेका हुन् ।
स्थानिय बुद्धि जिवीले समेत पिडकको पक्षमा बोल्ने गरेको र पिडकको विरुद्ध स्थानिय बोल्न समेत नसक्ने गरि थापाले दबाब र प्रभावमा राखेको भन्दै आफूहरु न्यायका लागि आएको खड्काका ज्वाई थापाले बताए ।
यता प्रहरीले भने घटना बारे अनुसन्धान भई रहेको जनाएको छ ।



