अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्यूजील्याण्ड बाहिरियो

काठमाडौँ । न्यूजील्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो ।

समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् । अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो । पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र सुपर आत्मा पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन् । न्यूजील्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो । र न्यूजील्याण्ड टी-२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो । 

अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्युजील्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ ।
    

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।