सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे सुरु

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो ।

कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा १ किलोमिटर कालोपत्रेको काम भइरहेको छ । त्यसपछि दोस्रो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुशेटारसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौलाले बताए ।

धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म करिब १ सय १२ किलोमिटर सडक निर्माणको ठेक्का पाएको रौता क्षमादेवी जेभी कम्पनीले कालोपत्रेको काम अघि बढाएको छ । गत वर्ष नै कालोपत्रेको काम गरिने भनिए पनि बजेट निकासा नहँदा काम रोकिएर ढिलो भएको आयोजना प्रमुख निरौलाले बताए ।

४ अर्ब १६ करोडमा कालोपत्रे गर्ने ठेक्का सम्झौता भएर काम भइरहेको उनले जानकारी दिए । पूर्वी पहाडी जिल्लाहरुलाई तराई र चीनसँग जोड्ने सबैभन्दा छोटो तमोर करिडोर सडक मानिन्छ । यो सडक कूल १ सय ५५ किलोमिटर लम्बाईको छ ।

मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले २ अर्ब ४० करोड र बाँकी रहेको सडकखण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरी काम भइरहेको हो । तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाट–पाँचथर खण्डमा यातायात साधन सञ्चालनमा भइरहेका छन् ।

धनकुटाको मूलघाटदेखि सुभाङसम्म २०६५ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । हाल ४४ किलोमिटर सडक नाली निर्माणको काम सकिएको आयोजनाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।

काममा कुनै अवरोध नआए तोकिएको समयभित्रै फिदिमसम्म कालोपत्रे कार्य सकिने योजना रहेको अधिकारीले एचआर न्युजलाई जानकारी दिए । यो वर्षभित्र ८० किलोमिटर र बाँकी आगामी वर्ष ३० किलोमिटर कालोपत्रेको काम सकिने उनको भनाइ छ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।