धनकुटामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवशको अवसरमा कार्यक्रमको आयोजना
धनकुटा । धनकुटामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवशको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।
“जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवश”को अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जेष्ठ नागरिक संघ जिल्ला धनकुटाको संयुक्त आयोजनामा जिल्लाको धनकुटा नगरपालिका वडा नं.५ स्थित जेष्ठ नागरिक संघको सभाहलमा कार्यक्रमको आयोजना गरिएको हो ।
जेष्ठ नागरिक संघ जिल्ला धनकुटाका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्म कार्यक्रममा स्थानिय जनप्रतिनिधि,बुद्दिजीवि साथै कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार साहले जेष्ठ नागरिक दुर्व्यवहार सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा “हामी सबै बनौं जिम्मेवार, नगरौं जेष्ठ नागरिकलाई दुर्व्यवहार”भन्ने नारा सहितको पर्चा समेत वितरण गरिएको थियो ।


