करिब ५० लाख आर्थिक कारोबार गर्दै सकियो किराँत राई सांस्कृतिक उत्सव(भिडियो सहित)
धनकुटा, ३ असार । धनकुटामा सम्पन्न बृहत् किराँत राई सांस्कृतिक उत्सवमा करिब ५० लाखको आर्थिक कारोबार भएको छ ।
आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका साथ जेठ २७ बाट सुरु भइ सम्पन्न महोत्सवमा सबै किसिमको कारोबार बाट करिब ५० लाख कारोबार भएको आयोजक संस्थाका प्रतिनिधि विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
उत्सवमा आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन तथा जातीय खानाको प्रर्दशन समेत गरिएको थियो । आदिवासी जनजातिको संस्कार,संस्कृतिलाई सबैका माझमा देखाउन र उनिहरुको संस्कार संस्कृति प्रचार प्रसार गरि धनकुटाको पर्यटनमा समेत वद्धि गर्ने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको आयोजक किरात राई यायोक्खा धनकुटाका कार्यबाहक अध्यक्ष प्रीथुराम राईले बताए ।
महोत्सवले समग्र धनकुटा जिल्लाको पर्यटन क्षेत्रमा सहयोग पु¥याएको पनि आयोजकले जनाएको छ ।


