धनकुटामा बाँदर आतंक रोक्न वनमा रोपियो फलफुलजन्य विरुवा

धनकुटा । बाँदरले हैरानी दिएपछि धनकुटाको महालक्ष्मी ७ जितपुरका किसानहरुको सहभागीतामा वनमै बाँदर रोक्ने फलफुलजन्य विरुवाहरु रोपिएका छ ।

धनकुटाका अधिकांस किसान बाँदर पीडित बन्दै आएका छन् । बाँदरले किसानले खेतवारीमा लगाएका खेतीवाली नष्ट गर्न थालेपछि जीतपुरका किसानहरुले शर्मादेवी सामुदायीक वनमा फुलफुलजन्य विरुवाहरु रोपेका हुन् ।

जंगलमा फलफुलजन्य बोटविरुवा भए किसानको बारीसम्म बाँदर नआइपुग्ने भएकाले २ हजार विरुवा रोपिएको शब डिभिजन वन कार्यालय जीतपुरकी फरेष्टर आयुष्मा गहतराजले बताइन् ।

बाँदरले किसानले लगाएका बालीनाली नष्ट गरी सधैं समस्या पार्ने भएकाले शर्मादेवी सामुदायीक वन उपभोक्ता समुहका सदस्यहरुको सहभागीतामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन, अम्बक, चिउरी लगायतका दुई हजार विरुवा रोपेका हुन् । यो सामुदायीक बनमा अहिले उत्तिस, चिलाउने, मौवा, मलेदो लगायतका बोट विरुवा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।