पाख्रीबास स्थित बालपन्च माबिद्वारा नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना
धनकुटा । धनकुटाको पाख्रीबासमा बृक्षरोपण तथा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
पाख्रीबास नगरपालिका वडा नं २ स्थित श्री बालपन्च माध्यमिक बिद्यालयले नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बालपन्च स्काउट ट्रूपको आयोजनामा विविध गतिविधिहरु सम्पन्न गरेको हो ।
नपाका प्रमुख तथा स्थानीय स्काउट संरक्षक ज्ञान बहादुर गुरुङ र उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट नम्रता गौतमको उपस्थितिमा पाख्रीबास नपाको कार्यालयमा वृक्षरोपण, स्काउट विद्यार्थीहरुले सांगीतिक पिटि प्रदर्शन तथा स्काउट गीतमा नृत्य प्रस्तुत गरेका थिए।
उक्त अवसरमा नपा प्रमुख गुरुंगले बिद्यार्थी जिवनमा अनुशासन कायम गर्न स्काउटको ठूलो महत्त्व रहेको बताउदै स्काउटलाई नपाले प्राथमिकता दिंदै नपाको तर्फबाट आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।


