‘चौबिसे थुमको ऐतिहासिक अध्ययन´ पुस्तकको विमोचन
धनकुटा । धनकुटामा `चौविसे थुमको ऐतिहासिक अध्ययन´ (अनुसन्धानात्मक लेखहरुको संग्रह) नामक पुस्तकको विमोचन गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाद्वारा चौविसे गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रमका वीच सो पुस्तकको विमोचन गरिएको महासंघकी अध्यक्ष विनु चेम्जाेङले बताउनु भयो ।
कार्यक्रममा चौविसे गाउँपालिका अध्यक्ष राज कुमार चोम्जोङ प्रमुख अतिथी रहनु भएको थियो ।
टिप्पणीकारमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुुङ रहनु भएको थियो ।
पुस्तक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाले तयार पारेकाे हो ।


