सहिदभूमिको साम्बुगाउँमा पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा  । धनकुटाको सहिदभूमि गाउँपालिका र वडावाट हालसम्म सम्पादन भए गरेको विकास निर्माण र सेवा प्रवाह सन्दर्भमा सहिदभूमि गाउँपालिका वडा नं. २ साम्बुगाउँमा शुक्रवार पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।

सहिदभूमि गाउँपालिकाको आयोजना तथा खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले चालु आर्थिक वर्षमा विनियोजित वजेटबाट हासिल गरेको मुख्य मुख्य उपलब्धीहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको प्रस्तुतीकरण र सेवाप्रवाहको विषयमा सेवाग्राहीको अभिमत संकलन गरि तयार गरिएको नागरिक प्रतिवेदन सार्वजनिक पछि कार्यक्रमका सहभागीहरुले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा वोल्दै स्थानीय धनकुमार राईले गाउँपालिकाको आन्तरिक आय वढाउन ऐतिहासिक पातल डाँडामा लगानी गरि पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने बताएका थिए । उनले भनाई प्रति जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले पातल डाँडालाई पालिकाको गौरवको योजना बनाउनु आवश्यक रहेको बताए । संचरना निर्माणमा प्रदेशले धेरै काम गरेको छ । गाउँपालिकाको स्रोत थोरै भएतापनि लगानी गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा रुपलाल राई, अनिशकुमार राई, प्रताव राई, रुद्रप्रसाद राई लगायतले विचार राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, स्थानीय, राजनीतिक दल, टोल विकास समिति, योजना उपभोक्ता समिति, सामुदायिक संस्था, विद्यालय, आमा समूह, शिक्षक, बुद्धिजीवि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सहिदभूमि गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण संस्था खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाका कार्यक्रम संयोजक हरिबहादुर लम्जेलले सेवाग्राहीले व्यक्त गरेका अभिमतलाई समेटेर तयार गरिएको नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖