संमृद्ध धनकुटाको परिकल्पनाकार पूर्व डिआइजी अमात्य

जीवनप्रसाद राई । गराई र भनाई अनि भनाई र गराई बीचमा फरक हुनुहुदैन यो भनाई राख्दै आफुले कल्पना गरेको जस्तै कर्म गर्ने ब्यक्ति हुन दिनेश अमात्य । धनकुटा नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा अमात्य २०७६ साल माघ महिनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी)बाट सेवा निवृत्त भई होटल ब्यवसायमा जम्दै आउनु भएको छ ।

(जीवनप्रसाद राई )

नेपाल सरकारको उच्च ओहदाबाट सेवा निवृत्त भएपछि कैयौ भुपु कर्मचारीहरु यस्ता झण्झटिला पेसामा संलग्न हुन चाहदैनन । बिदेश गएर बस्ने वा कुनै अर्को जागिरको अवसरको खोजीमा संलग्न रहने आम प्रबृति रहदै आएको छ तर त्यो प्रबृति भन्दा बिल्कुलै फरक शैली र सोचबाट अघि बढेर धनकुटा माथिल्लो कोप्चेमा उहाँले मुर्चुङगा होटल संचालनमा ल्याएका हुन ।

होटल मुर्चुङगा संचालनमा ल्याउनका लागि उहाँ प्रहरी उपरिक्षक एसपि हुदाँ देखिकै हो । धनकुटामै स्तरीय होटल खोल्नुको रहस्य बताउदै आफु प्रहरी नायब उपरिक्षक तथा प्रहरी उपरिक्षक हुदाँ आफ्नो हाकिमहरु धनकुटा आउनलाई निकै लालायित हुन्थे तर मैले बाध्यतावश एकदिनमा धनकुटा घुम्ने अनि फर्कनुपर्ने शर्तमा धनकुटा लिएर आउने गर्दथे कारण धनकुटामा कुनै पनि स्तरीय होटल तथा बास बस्ने ब्यवस्थापन नहुनु । यही कारणले नै आफु जन्मेको ठाँउ धनकुटामा नै होटल खोल्नका लागि उपयुक्त देखेकोले यही नै होटल खोलेको हुँ । उहाँले खोल्नु भएको होटल मुर्चुङगा कोशी प्रदेश मध्य पहाडि क्षेत्रकै स्तरीय होटल हो । हुनत होटल ब्यवसायको बारेमा उहाँ जन्मिनु भन्दा अघि देखि नै उहाँको आमा मथुरा अमात्यले महेश नामक होटल संचालनमा ल्याउनु भएको थियो ।

आमाले संचालन गर्नुभएको होटलबाट समेत उहाँले प्रेरणा लिनु भएको थियो । जसबाट परिस्किृत रुपले पुर्खौली पेशाको निरन्तरता समेत भन्न सकिन्छ तर यो जरुरी थिएन कि उहाँले होटल नै गर्नुपर्छ भन्ने । अरु नै पेशा वा उधोग गर्न पनि सकिन्थ्यो । यही पेशामै आउनुको कारण हो धनकुटा सुक्यो अब धनकुटामा केही हुदैन भन्ने आम मानिसहरुको बुझाई ।

२०७६ साल भन्दा अघि सम्म धनकुटा जिल्लामा काम गर्न आउने कुनै पनि बिदेशी परियोजनाका कर्मचारीहरु बिराटनगरबाट सिधै धनकुटा आएर कार्यक्रम संचालन गर्ने र फेरि बास बस्न बिराटनगर नै पुग्ने गर्दथे । आजका दिनमा त्यो ८० प्रतिशतले घटाउन वा रोक्न आफु सफल भएको अमात्म दाबी गर्नुहुन्छ । अहिले कुनै पनि बिदेशी दाताका मानिसहरु वा कर्मचारीहरु बरु कार्यक्रम संचालनको अघिल्लो दिन नै धनकुटा आएर बास बसेर कार्यक्रम संचालन गर्ने गरेको पाईन्छ । उहाँले गर्नुभएको लगानीका कारणले गर्दा आज धनकुटामा संभावना छ भन्ने धेरै मानिसलाई विश्वास हुन थालेको छ । यो बिषय नै धनकुटा जिल्लाको लागि ज्यादै महत्वपुर्ण हो ।

स्तरीय राम्रो होटलले पर्यटकहरुलाई सेवा मात्रै दिदैन यस्ता होटलले धेरै मानिसहरुलाई रोजगारी दिनुका साथै कृषिका अनेकौ उपजहरु खरिद गरिदिएर किसानहरुलाई सहयोग समेत गरिरहेको हुन्छ । यसप्रकारका होटलहरुले सामाजिक उधमशीलतालाई समेत प्राथमिकतामा राखेर काम गरिरहेका हुन्छन । तर यस बिषयमा नीति निर्माण तहमा रहेका मानिसहरुले बुझ्न नसक्दा र समाजमा अलि गनिएका मानिसहरुले बुझ्न नसक्दा मानिसहरुलाई आशा जगाउने र निराशा पैदा गर्ने बीचमा फरक देख्न सकिरहेका हुदैनन तर अमात्य धनकुटालाई आशा जगाउने ब्यक्ति हुन उनको कर्म र कुरामा एकरुपता पाईन्छ ।

५९ बर्षिय अमात्यले २०५० सालमा सुमाना श्रेष्ठ संग बैबाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुका एकमात्र छोरा हाल दिल्ली बिश्वबिधालय दिल्लीबाट स्नातकोत्तर गर्दैछन ।

दिनेश अमात्यले होटललाई कमाउने उद्धेश्यले मात्रै नभएर यसबाट सामाजिक उत्तरदायित्वहरु समेत बहन गर्ने योजनाहरु तयारी गरेका छन र त्यसलाई तत्कालै कार्यान्वयन गर्ने क्रममा रहनु भएको छ ।

ति सामाजिक उत्तरदायित्वहरु यसप्रकार रहेका छन ।

क) बिधार्थीहरुको ईच्छा अनुसारको पार्टटाईम काम ।

ख) होटलमा पाक्ने कृषि बस्तुहरु आफ्नै उत्पादन ।

क) दिनेश अमात्यले आफ्नो होटलमा बिधार्थीहरुलाई आफ्नो ईच्छा अनुसारको पार्टटाईम जब दिने प्रस्ताव हालसालै घोषणा गर्नुभएको हो । यो सामाजिक उत्तरदायित्व अन्तर्गतको एकदमै नमुनायोग्य र गरिनुपर्ने मध्येको एक कार्य हो । जसबाट बिधार्थीहरु बिदेशमै पढ्न जानेहरुलाई सीप सिकेपछि समस्या नहुने र दोस्रो बिषय यदि बिधार्थीहरुमा आफुलाई आत्मविश्वास भएमा यही पनि होटल वा रेष्टुरेण्ट ब्यवसाय समेत संचालन गरेर मालिक बन्न पाउने अवसर लिन सक्ने विश्वास ब्यक्त गर्नुहुन्छ । आफुले संचालन गरेको होटलबाट बिधार्थीहरुले सीप पनि सिक्न पाउने र पकेट मनी पनि पाउने हुन्छ । जसले उनीहरुको पढाईमा थोरै भए पनि खर्चमा होस्टेमा हैसे हुन्छ । तर उहाँको एउटा शर्त छ कसैको आमा बुवाले कर गरेर पठाएको बिधार्थीलाई भने लिनुहुन्न । बिधार्थी स्वयंले अन्तरवार्ता दिनुपर्छ र त्यो अन्तरवार्ता पास गरेपछि मात्रै त्यो अवसर पाउनेछ । बिधार्थी स्वयं आफै सिक्न चाहने र काम गर्न चाहनेहरुले मात्रै यो अवसर पाउनेछन ।

ख) आफैले उत्पादन गरेको कृषि बस्तु खुवाउने प्रतिवद्धता ः उहाँले मिति नै घोषणा गरेर आफुले उत्पादन गरेको कृषि बस्तु आफुले संचालन गरेको मुर्चुङग होटलमा खुवाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । २०८१ मंसिर देखि आफैले उत्पादन गरेको मकै, चामल, दाल, तेल, प्याज, आलु, तरकारी लगायतको बस्तुहरु खुवाउने डेटलाईन निर्धारण गरिसक्नु भएको छ । अहिले नै उहाँले प्याज र आलु उत्पादन गरिसक्नु भएको छ । मकै र धान उत्पादन हुने व्रmममा रहेको छ । यसैगरि डेरी प्रडक्टहरु समेत आफनै हुने गरिको काममा अघि बढिसक्नुभएको छ । जसबाट थप अतिरिक्त रोजगारी सिर्जना गर्ने उहाँको सोचमा बल मिलेको छ । यो पर्यटन संग कृषिलाई जोड्ने उहाँको सपनालाई साकार पार्ने निकै महत्वपुर्ण परियोजना पनि हो । यसैगरि धनकुटा नगरपालिकाले संचालनमा ल्याएको एभोकाडो परियोजना तथा एभोकाडो राजधानी कार्यव्रmमलाई समेत सफल बनाउनमा उहाँको देन रहेको छ त्यो देन हो उहाँले एभोकाडोको ब्यवसायिक खेती समेत संचालन गर्नु ।

पर्यटकहरुलाई आकर्षण गर्ने महत्वपुर्ण कडीहरुमा धनकुटाको कला, संस्कृति, झरना, यहाँको कृषि प्रणाली, भाषा, कुवा, प्राकृतिक बिबिधता, दृश्य, एडभेन्चर, जातजाति आदि हुन । यिनै बिषयमा हामीले प्रयाप्त खाने बस्ने संरचनाहरु निर्माण गर्दै बजारीकरण गरे धनकुटाको रुप र स्वरुप परिवर्तन हुने कुरामा विश्वास गर्नुहुन्छ । धनकुटा बजार राणाकाल देखि नै बिशेष महत्वमा रहेको कारण आन्तरिक उपनिवेशमा जकडिन पुगेको जिकिर गर्नुहुन्छ अमात्य । खासमा राणाकालमा गौडाको रुपमा स्थापित यस ठाँउमा एकै घरका ९ जना सम्मले सरकारी जागिर पाएका थिए । प्राय सबै घरका मानिसहरुले सरकारी जागिर पाएपछि यहाँको ब्यवसायिक बिकासमा कसैले चासो दिन नसकेको कारणले गर्दा आज धनकुटा सुकेको भनेर प्रचार गरिएको छ । यसलाई पुनःजागरण ल्याउनका लागि पर्यटन क्षेत्रमा नै लगानी बढाउनुपर्ने उहाँको सुझाव रहेको छ ।

उहाँले संचालन गर्नुभएको होटल मुर्चुङगाले जम्मा ८ वटा कोठाबाट सेवा उपलब्ध गराउदै आएकोमा गतसाल देखि २६ वटा कोठा संचालनमा आएको छ । २०८१ सालबाट उहाँले स्वीमिङपुल समेत संचालनमा ल्याएर अन्तराष्ट्रिय खेलाडी समेत जन्माउन आफनो स्वीमिङपुलले काम गर्नेमा विश्वास ब्यक्त गर्नुहुन्छ । उहाँले संचालनमा ल्याउनु भएको स्वीमिङपुल नेपालको पहाडि जिल्लाहरु कास्की बाहेक पहिलो समेत रहेको दाबी गर्नुहुन्छ ।

बृहतम सोचका धनी अमात्यले अबको १० साल अर्थात २०९१ साल सम्ममा छिमेकी देशहरु भारत तथा चीनसंग समेत सहकार्य गरेर पर्यटन तथा ब्यापारमा नयाँपन दिन सकिने संभावना पेश गर्नुभएको छ । यसका लागि उहाँले अहिले देखि नै योजनाबद्ध रुपमा संलग्न रहनु भएको छ । यसका लागि उहाँले अघि सार्नु भएको पशुपालन तथा डेरी उधोगलाई प्राथमिकतामा राख्नु भएको छ । यसका साथै कृषि र पर्यटनलाई संगसगै अघि बढाउने उहाँको योजना रहेको छ । नेपाललाई संमृद्ध बनाउने बिषयहरु कृषि र पर्यटन नै हुन उहाँको दृढ विश्वास छ । यसैले उहाँले यसमा पाईला चाल्नुभएको हो । मुर्चुङगा ब्राण्डको होटल संचालनमा सफल हुनु भएको उहाँ चिनियाँ तथा भारतीयहरु संग समेत काम गर्ने लक्ष्यका साथ अघि बढ्नु भएको छ । जसले धनकुटालाई थप महत्वपुर्ण अवसर सिर्जना गर्न धेरै ठुला मद्धत पुग्नेछ ।

धनकुटा सुक्यो अब धनकुटामा केही पनि हुदैन भनेर प्रचार गरेर हिड्ने मानिसहरुलाई उहाँले नराम्ररी झापड हान्न सफल हुनु भएको छ ।

राणाकालमा गौडा तथा पंचायतकालमा बिकासक्षेत्रको रुपमा रहेको धनकुटालाई प्रदेश राजधानी बनाउने प्रयास भएता पनि त्यो संभव भएन । यहाँको चहलपहल धेरै हदसम्म सुकेर गयो यसैले धनकुटामा अब केही हुदैन भन्ने भाष्य धेरैको मुखमा रह्यो तर धनकुटा सुक्यो भनेर प्रचार गर्नेहरुले धनकुटाका लागि एक सिन्को भाँच्ने कार्य पनि गरेनन ।

धनकुटालाई फुकाउने कार्यका लागि त लगानी गर्नुपर्ने रहेछ । जुन दिनेश अमात्यले अन्यत्र होईन धनकुटामा लगानी गरेर धनकुटालाई पुनःजागरण अभियानका सारथी बनेका छन । यसको सिको धनकुटा बाहिर रहेका सक्षमहरुले सिको गर्न जरुरी भईसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖