धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै गरे आत्महत्या

धनकुटा । प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ ।

उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ, मुद्दा गर्छौँ भनियो । त्यसपछि मुद्दा पनि चलाए । साइबर क्राइममा मुद्दा पनि गरे । त्यसले पनि चित्त बुझेनन। सधैँ तनाव दिन थालियो । अब मैले सकिनँ, यस्तो तनावमा बाँच्न। म आफूले आफैँलाई धेरै सम्हाल्न चाहेँ तर अब सकिनँ’, उनले भनेका छन् ।

त्यसपछि दोस्रो स्टाटसमा उनले आफूसँग प्रेमसम्बन्धमा रहेकी युवतीका तस्बिरसमेत फेसबुकमा राखेका छन् । त्यस्तै उनले अर्को स्टाटसमा पनि विरक्त लाग्दो कुरा गरेका छन् । ‘ल राम्रो सँग बस्नु, तिम्रो लागि सारा संसार छोडेर जाँदै छु’, उनले प्रेमिकातिर लक्षित गर्दै भनेका छन् ।

जसमा उनले लेखेका छन्, ‘यो संसारमा सायद म बसेको तिमी र तिम्रो परिवारलाई राम्रो लागेन, जुन तिमीले मसँग लभ गरेको नाटक गर्‍यौ । तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गर्‍यो । बार्गेनिङ गरेर आज मलाई सदाका लागि खत्तम गरेरै छोड्यो’, उनले आइतबार बिहान फेसबुकमा लेखेका छन् ।

प्रेमिकाको फोटोसहित स्टाटस लेखेका उनले त्यसपछि आइतबार बिहानै अर्को स्टाटस लेखेपछि आफूलाई पनि समाप्त गरेका उनका साथी पवन मेहताले बताएका छन् ।

‘सरी आमाबुवा म आफ्नो तनाव सहन सकिनँ, न त तपाईंहरूलाई भन्न सकेँ । म आफूले आफैंलाई धेरै सम्हाल्न चाहेँ । तर अब सकिनँ, सरी सरी’, उनले फेसबुकमा लेखेको अन्तिम स्टाटस हो यो ।

अर्जुन सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ निवासी हुन् । उनी पछिल्लो समय जिल्ला अस्पताल धनकुटामा कार्यरत थिए । ती तीन स्टाटस लेखेको केही समयपछि उनले आत्महत्या गरेका हुन् । उनको यो अप्रिय कदमले वृद्धा आमा मुर्छित भएकी छन्, गाउँमा पनि रुवाबासी चलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।