धनकुटामा यसरी मनाइयो १४ औं अन्तराष्ट्रिय एकल महिला दिवस

धनकुटा । आज जुन २३ तारिख, १४ औं अन्तराष्ट्रिय एकल महिला दिवस विभिन्न कार्यक्रम गर्दै मनाईएकाे छ । याे दिवसकाे अवसरमा धनकुटामा छात्रबृत्ति वितरण तथा देश व्यापी महिलाावादी अनुपम अभियानकाे चर्चा कार्यक्रम आयाेजना गरिएकाे छ ।

मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) धनकुटा र मानव अधिकारका लागि एकल महिला समूह काेशी प्रदेश विराटनगरकाे संयुक्त आयाेजनामा कार्यक्रम गरिएकाे हाे । संस्थाकी जिल्ला अध्यक्ष ईश्वरी श्रेठकाे अध्यक्षता तथा धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनालकाे प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईलाई सम्मान गरिएकाे छ ।

विगत लामाे समयदेखी पत्रकारिताकाे माध्यमबाट समाजमा पुर्याउनु भएकाे याेगदानकाे कदर गर्दै उहाँलाई सम्मान गरिएकाे मानव अधिकारका लागि महिला एकल महिला समूहले जनाएकाे छ । कार्यक्रमकै अवसरमा एकल महिलाका ४ जना सन्तानलाई छात्रावृती वितरण गरिएकाे छ । छात्रावृती पाउनेहरुमा सलिना श्रेष्ठ, सुलाेचना श्रेष्ठ, सलिना तामाङ, ईछिङ्मा लिम्बू रहेका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायतले छात्रावृती हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि धनकुटा नगरपालिकाका उपप्रमुख खनालले समूह एकल महिलाहरुलाई सुखी बनाउने काम तर्फ लागिरहेकाे भन्दै प्रशंसा गर्नुभयाे । उहाँले एकल महिलाहरुकाे समस्या न्यूनिकरणका लागि आफू सधैं लागिरहने प्रतिवद्वता समेत व्यक्त गर्नु भयाे । समाजमा गरिने हिंसा, उत्पिडन न्यूनिकरणका लागि कानुन मात्र फेरिएर नहुने भन्दै उहाँले मानिसकाे साेच नै फेरिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहकी काेशी प्रदेश अध्यक्ष मिना राईले कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा जिल्ला मिसाखलकी अध्यक्ष रेणु श्रेष्ठ, ब्रम्हा कुमारी राजयाेग केन्द्रकी अध्यक्ष निर्मला ढकाल,समाजसेवि सुमना तिम्सना, दूर्गा लक्ष्मी पराेपकार संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठ नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेकाे थिए । उनिहरुले एकल महिलाहरुकाे समस्या समाधान र अधिकार प्राप्तिका लागि मनमा आफू एकल हुँ भन्ने हिनता बाेध नगरि हरेक काममा अब्बल र एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी जिल्ला काेषाध्यक्ष निलम आठपहरियाले राख्नुभएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।